गलाएरै फाईदाहरू लुट्ने रहेछ तिम्रो दाउ।
भन्दिन भो यस्तो उस्तो जति मन छ खाउ।
जिन्दगीमा भोग्नपाए मैले नंयानौला कुरा।
कृतघ्नीलाई गुन गर्नु आफैलाई भयो छुरा।
निन्द्रामै म बिउझिन्छु अनायासै झस्किएर।
आफ्नाले नै घात गरे घाउ दुख्छ चस्किएर।...
गगनको बादलले मलाई चट्याङ खसालेर।
संतुष्टीको स्वर्ग रोजे मलाई सडक बसालेर।
यति धेरै गलायौ कि छिटै अब ढल्न सक्छु।
भरोसामै आगो लायौ बिरहले जल्नसक्छु।
गोहीआंशु नबगाउनु जीउदै मारीसके पछि।
नउघार्नु कफन मेरो मुहार छोपी सके पछि।
सम्बन्धका थाङ्नाभोटा बटुलेर जलाईदिनु।
अप्रिय ति दाग धब्बा गोवरमाटो लिपी दिनु।
नहाल्नु है अर्ध जल हिक्क आई सके पछि।
नगर्नुहै आत्मग्लानी मलाई उठाईसके पछि।
बगाईदिनु अस्तुसंगै तिम्रा मनका सबैक्लेश।
नराख्नु है अब हाम्रो बिचमा कालाकूट विष।
यो जुनीलाई हाम्रो भेट यस्तै रह्यो तिमीसित।
जुनी जुनी भेट नहोस अब तिमी जस्तै सित।
भन्दिन भो यस्तो उस्तो जति मन छ खाउ।
जिन्दगीमा भोग्नपाए मैले नंयानौला कुरा।
कृतघ्नीलाई गुन गर्नु आफैलाई भयो छुरा।
निन्द्रामै म बिउझिन्छु अनायासै झस्किएर।
आफ्नाले नै घात गरे घाउ दुख्छ चस्किएर।...
गगनको बादलले मलाई चट्याङ खसालेर।
संतुष्टीको स्वर्ग रोजे मलाई सडक बसालेर।
यति धेरै गलायौ कि छिटै अब ढल्न सक्छु।
भरोसामै आगो लायौ बिरहले जल्नसक्छु।
गोहीआंशु नबगाउनु जीउदै मारीसके पछि।
नउघार्नु कफन मेरो मुहार छोपी सके पछि।
सम्बन्धका थाङ्नाभोटा बटुलेर जलाईदिनु।
अप्रिय ति दाग धब्बा गोवरमाटो लिपी दिनु।
नहाल्नु है अर्ध जल हिक्क आई सके पछि।
नगर्नुहै आत्मग्लानी मलाई उठाईसके पछि।
बगाईदिनु अस्तुसंगै तिम्रा मनका सबैक्लेश।
नराख्नु है अब हाम्रो बिचमा कालाकूट विष।
यो जुनीलाई हाम्रो भेट यस्तै रह्यो तिमीसित।
जुनी जुनी भेट नहोस अब तिमी जस्तै सित।